मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


 



धनकुटाको साँगुरीगढी गाँउपालिका–३ सल्लेनी डाँडामा गए राती मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा साँगुरीगढी–३ मदेन टोलका अन्दाजी ३८ बर्षीय ईन्द्र बहादुर याखा रहेका छन् ।

 




कुशेटारबाट मदेनतर्फ आउँदै गरेको याखाले चलाएको को २८ प ७४७१ मोटरसाइकल अनियन्त्रित भई गए राती पौने १२ बजे दुर्घटनामा परेको थियो ।

 

मोटरसाइकल सडकबाट अन्दाजी ५०० मिटर तल खसेको प्रहरी चौकी डाँडाबजारले जनाएको छ ।

 



सम्बन्धित
Loading...