कुकुरको विषयमा विवाद हुँदा काँग्रेस र नेकपा एसका कार्यकर्ताबीच कुटाकुट


 



कैलाली । बाजुरामा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।

 




चुनाव प्रचारप्रसारको क्रममा उनीहरुबीच बुढीनन्दा नगरपालिका ९ मा झडप भएको हो ।

 

एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ ।

 

कांग्रेसका कार्यकर्ताको कुटाइबाट भाग्दै नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए ।

 

त्यसपछि एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेका थिए ।

 

प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ ।



सम्बन्धित
Loading...