नवलपुरमा गुडिरहेको जिपको ढोका अचानक खुल्दा बालिका खसेर घाईते


 



पुर्वी नवलपरासीमा गुडी रहेको लु १ ज ३७६९ नं. को फोर्स जिपको पछाडिको ढोका अचानक खुल्दा दुर्घटना भएको छ ।

 




ईलाका प्रहरी कार्यालय डेढगाउका अनुसार हिजो बौदिकाली गााउपालिका २ डेढगाउ स्थित भित्री सडक खण्डमा रामपुरबाट पोखराको लागि हिडेको जिपको पछाडिको ढोका अचानक खुल्दा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि जिपमा सवार १० यात्रुमध्ये बुलिङटार गाउपालिका २ घर भई हाल गैडाकोट नगरपालिका शिलन्यासचोक बस्ने पार्वती घर्तीकी ५ वर्षिय छोरी रोजिना घर्ती खसेर घाईते भएकी हुन् ।

 

प्रहरीका अनुसार घाईतेको टाउकोमा सामान्य चोट आएको छ र निजलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ ।

 



सम्बन्धित
Loading...