नवलपुरमा काठमाडौंबाट बुटवलजाँदै गरेको बस दुर्घटना, ४३ जना बढी घाइते

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा काठमाडौंबाट बुटवल आउँदै गरेको बस दुर्घटना हुँदा ४३ जना बढी घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ होङसी जाने बाटो नजिकै बस दुर्घटना भएको हो ।
लु २ ख २६२५ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना भएको हो । बसमा सवार बस चालक सहित ४३ जना घाइते रहेको र घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । गम्भीर घाइतेहरु सहित ३५ जनाको थप उपचारको लागि चितवन पठाइएको छ । दुर्घटना आज साँझ ५ बजेतिर भएको हो ।
