चिकित्सककाे लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै एपेक्स अस्पतालमा नारावाजी


 



इटहरीस्थित एपेक्स अस्पतालमा उपचार गराउन ल्याइएको बिरामिको मृत्युभएपछि आफन्तहरू बिरोधमा उत्रिएका छन ।

 

चिकित्सकको लापर्वाहिका कारण बिरामिको मृत्यु भएको भन्दै आफन्तहरू अहिले अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन । मोरङ सुन्दरहरैंचा ७ गछियास्थित २६ वर्षिर्य युवक जोनसोन राइलाइ उपचारको निमित्त शुक्रबार साझ अस्पताल भर्ना गरिएको थियो ।

 




सामान्य अवस्थाको बिरामिलाइ उपचारमा लापर्वाहि गरेकोले मृत्यु भएको आफन्तहरूले आरोप लगाउदै अस्पताल बाहिर नारावाजि गरेका छन ।

 

भुडि दुख्यो भनि अस्पताल भर्ना गरिएको जोनसोनलाइ चिकित्सकहरूले सुइ माथि सुइ थपिदिएको र क्षणभरमै शारिरिक अवस्था बदलिएर बिरामिको अवस्था गम्भिर भइ मृत्यु भएको मृतकको काकि आरती लिम्बुले बताइन ।

 

आफन्तहरूले बिरामिको मृत्यु भइसकेको दाबि गरेपनि अस्पताल प्रसाशनले भने अहिले सम्म मृत्यु भएको या नभएको केहि खुलाउन सकेको छैन ।

 

अस्पताल परिसरमा जम्मा भएको भिडलाइ नियन्त्रण गर्न तथा थप क्षति हुन नदिन अहिले बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।



सम्बन्धित
Loading...