दाइजोमा मोटरसाइकल नदिएको भन्दै विवाद गर्ने बेहुला पक्राउ


 



झापाको मेचीनगरमा विवाहमा दाइजोको विषयमा विवाद गर्ने बेहुलालाई प्रहरीले पक्राउ गरेको छ ।

 

मेचीनगर  नगरपालिका ४ बस्ने २८ वर्षीय डेबिट चौधरी शनिबार पक्राउ परेका हुन् । मेचीनगर  १५ बस्ने पुष्पलाल राजवंशीको छोरीसँग विवाह गर्ने क्रममा डेबिटले दाइजोमा मोटरसाइकल  नदिएको भनी विवाद गरेका थिए ।

 




त्यसलगत्तै  पुष्पलालले डेबिटलाई विपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीमा जाहेरी दिएका थिए ।

 

सोही जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीलाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाए

 



सम्बन्धित
Loading...