साथीको ह`त्यामा संलग्न एक पुरुष प`क्राउ


 



 

भोज भतेरमा खाना बनाउन बोलाइ साथीको ह`त्या गरी फ`रार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ प`क्राउ परेका छन् । जिल्ला प्र`हरी कार्यालयले आज पत्रकार सम्मेलन गरी प`क्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो ।

 




निर्वाचनको मुखमा भा`रतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि जिल्ला प्र`हरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा पुगेको टोलीले उनलाई बोदे बर्साइनबाट प`क्राउ गरेको हो ।

 

मियाँले आफ्नै साथी सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टी टोल बस्ने ५० वर्षीय रामसुन्दर महतोको गत साल असोज ८ गते ह`त्या गरेको उजुरी जिल्ला प्र`हरी कार्यालय सप्तरीमा दर्ता गरिएको थियो ।

 

महतोको श`व सप्तरीको शम्भुनाथ नगरपालिका–१ स्थित खाँडोखोला नजिक रहेको सार्वजनिक पोखरीमा ह`त्याको भोलिपल्ट फेला परेको थियो ।श`व फेला परेपछि घ`टनाको अ`नुसन्धान गरिरहेको प्र`हरीलाई उनले फोनमा ह`त्या स्वीकार गरी आफूलाई प`क्राउ गर्न चुनौति दिएका थिए ।

 

पक्रन प्र`हरी सक्रिय भएपछि उनी फरार भई भा`रतको वि`हारमा लुकेर बस्दै आएका थिए ।आ`रोपित मियाँ यसअघि वि.सं २०७४ जेठ १३ गते विष्णुपुर गाउँपालिका–७ बाट एक थान पे`स्तोल र गोइत समूहको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा पम्प्लेटसहित प`क्राउ परेका थिए । तत्काल पुर्पक्षका लागि का`रागार चलान भएका उनी जरिवाना पश्चात नौ महिनापछि रिहा भएका थिए ।

 

जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहमा आबद्ध रही विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्क्याइ चन्दा असुली गर्ने कार्यमा सरिक रहेको प्र`हरीको अ`नुसन्धानले देखाएको छ ।

 

प्रनाउ काफ्लेका अनुसार मियाँ अ`वैध ला`गुऔ`षध व्यापार गर्ने, लुकाइछिपाइ ह`तियार बोकी हिँड्ने र जनमानसमा ड`र, त्रा`सको वातावरण सिर्जना गर्ने आ`पराधिक समूहका व्यक्ति हुन् ।



सम्बन्धित
Loading...