स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले गरे आत्महत्या


 



रामधुनी नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका गणेश पौडेलले आत्महत्या गरेका छन् ।

 

छुट्टै प्यानल बनाई स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आत्महत्या गरेको प्रहरीले जनाकारी दिएकाे छ ।

 




उनले नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

 

 

पौडेलको शव आफ्नै घरपछाडी शनिवार बिहान भेटिएको थियो ।

 

तीन दिनअघि मात्र पौडेल अपहरणमा परेको भन्दै खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएकोमा सोको भोलिपल्टै सम्पर्कमा आएका पौडेलले आफू साथीको घरमा बसेको बताएका थिए ।

 

 



सम्बन्धित
Loading...