बारामा ह`तियारसहित दुई भा`रतीय नागरिक प`क्राउ


 



सशस्त्र प्र`हरीको गस्ती टोलीले बारा सिम्रौनगढबाट ह`तियारसहित २ भा`रतीय नागरिकलाई प`क्राउ गरेको छ।

 

सशस्त्र प्र`हरी छिनमस्ता बाहिनीबाट खटिएको टोली र झरौखरस्थित सीमा सुरक्षामा खटिएको सशस्त्र प्र`हरीको संयुक्त टोलीले सिमौनगढ कचोर्वा सडक खण्डमा चेकजाँचका क्रममा  दुई भा`रतीय नागरिकलाई प`क्राउ गरेको हो ।

 




प`क्राउ पर्नेमा भा`रतको बि`हारस्थित मोतिहारी जिल्ला कसवा लौखानका  २३ वर्षीय पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखलेस सिंह रहेका छन् । भा`रतबाट मोटरसाइकलमा आउनेक्रममा उनीहरुमाथि प्र`हरीले चेकजाँच गरेको थियो ।

 

उनीहरुबाट चाइनिज अटोमेटिक पे`स्तोल १ थान, म्या`गाजिन १ थान, त्यसमा लाग्ने गो`ली २ थान, घरेलु नलकटुवा पे`स्तोल १ थान र त्यसमा लाग्ने गो`ली २ थान बरामद भएको मधेस प्रदेश सशस्त्र प्र`हरी प्रमुख डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

 

मोटरसाइकल र ह`तियारसहित दुवै जनालाई ईलाका प्र`हरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्र`हरी बाराले जनाएको छ ।



सम्बन्धित
Loading...