नाबालिग छोरीसहित पोखरीमा हाम फालेर आ`त्महत्या




सर्लाहीको वाग्मती गाउँपालिकास्थित मानवनिर्मित तालमा नाबालिग छोरीसहित हाम फालेर एक महिलाले आ`त्महत्या गरेकी छिन् ।

 

रौतहटको चन्द्रपुर नगरपालिका-४ का भोला साहकी श्रीमती २६ वर्षीया रेखा साहले आफ्नी ३ वर्षीया छोरी आराध्यासहित वाग्मती नगरपालिकामा निर्मित माछापोखरीमा हाम फालेर आ`त्महत्या गरेको प्र`हरीले जानकारी दिएको छ ।

 




आइतबार बिहान साढे ९ बजेतिर उनले हाम फालेको बताइएको छ । दुवै जनाको श`व मोटरबोट चालकहरूको सहयोगमा निकालिएको प्र`हरीले जनाएको छ ।

 

प्र`हरीले पोखरीको डिलबाट मृ`तक महिलाको मोबाइल सेट र सलसमेत फेला पारेको छ । पारिवारिक क`लहका कारण उनी घरबाट निस्केको भन्ने बुझिएको प्र`हरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...