निर्वाचनका विषयमा त्रिवेणीमा काँग्रेस माओवादीबीच झडप




पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकामा झडप भएको छ ।

 

आइतबार दिउँसो त्रिवेणी गाउँपालिका–८ माओवादी केन्द्र निकट वाइसिएल र काँग्रेसका कार्यकर्ता बीचमा झडप भएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए ।

 




स्थानीय निर्वाचनको विषयमा झडप हुँदा केही मानिसहरु सामान्य घाइते भएको एसएसपी केसीले जानकारी दिए । आइतबार पश्चिम रुकुमकै मुसिकोट नगरपालिकामा पनि झडप भएको थियो ।

मुसिकोट–८ मा काँग्रेस र माओवादीको बीचमा झडप हुँदा १० जना घाइते भएका छन् ।

 

 

चुनावी अभियानका क्रममा लडेर काँग्रेस नेता गिरी घाइते

 

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् महासमिति सदस्य किरण गिरी चुनावी अभियानका क्रममा लडेर घाइते भएका छन् । काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–७ मा घरदैलो कार्यक्रमका क्रममा बाटोमा अल्झिएर लड्दा उनी घाइते भएका हुन् । गिरीलाई नेपाली काँग्रेसका स्थानीय नेताहरुको सहयोगमा तत्काल मनमोहन अस्पताल पुर्याइएको थियो ।

 

गिरीको टाउकोमा चोट लागेको छ । घाइते गिरीको टाउकोमा १६ टाँका लगाइएको उनका भाइ भुवन गिरीले जानकारी दिए । भुवनका अनुसार टाउकोको सिटी स्क्यान समेत गरिएको थियो । सिटी स्क्यान रिपोर्टमा भने केही खराबी देखिएको छैन ।



सम्बन्धित
Loading...