मलामी जादा नारायणी नदिमा बेपत्ता भएका भुषाल ६ दिन पछि मृत फेला

पूर्वी नवलपुरमा मलामी गएका बेला नारायणी नदीमा डुबेर बेपत्ता भएका युवक ६ दिन पछि फेला परेका छन् ।
प्रहरी चौकी कोल्हुवाका अनुसार मध्यविन्दु नगरपालिका १५ रानिचौर स्थित नारायणी नदी किनारमा कावासोती नगरपालिका वार्ड नम्बर ६ बस्ने २५ वर्षिय प्रकाश भुसाल मृत फेला परेका छन् ।
प्रहरीले प्रकाशको शव घोप्टो परि सडेको अवस्थामा फेला पारेको हो ।
शवको दाया हातमा प्रकाश प्रकाश लेखेको ट्याटुका आधारमा भाईले सनाखत गरेको बताएको छ ।
भुसाल वैशाख २१ गतेका दिन मलामी गएका बेला पौडी खेल्न गएको बेला डुबेर बेपत्ता भएका थिए ।