हार्दिक श्र’द्दा’न्ज’ली ! कतारमा आफ्नै साथीले च”क्कु हानेर नेपाली युवकको ह”त्या


वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको ह”त्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते ह”त्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार कात्तिक २८ गतेदेखि श्रीमान स”म्पर्कविहीन भएको र त्यसै दिन ह”त्या गरिएको हुनसक्ने आशंका गरेकी छन् । घ”टनाबारे थप जानकारी पाउन र दो”षीमाथि का”रवाही गर्न माग गर्दै नवीनाले काठामाडौंस्थित परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागमा उजुरीसमेत दिएकी छन् ।



पहिले श्रीमानसँग साथै बसेको र पछि वि’वाद भएपछि भान्सा र कोठा अलग्गै गराएको खबर गर्नुभएको थियो’ निवेदनमा उनले भनेकी छन्, ‘कात्तिक २९ गते सोही व्यक्तिबाट च”क्कु प्र”हार गरी ह”त्या भएको जानकारी आयो । उनका अनुसार रोल्पा मिझिङ घर भएका श्रीमानसँगै एउटै कोठामा बस्दैआएका गोपाल घर्ती क्षेत्रीसँग सामान्य विवाद भएको र त्यसै कारणले भान्सा अलग गरेको ओमबहादुरले पहिल्यै जानकारी दिएका थिए ।

ओमबहादुरकी पत्नी नवीनाले कन्सुलर विभागलाई पत्र लेख्दै मृ”तकको श”व नेपाल ल्याइदिन र दो”षीमाथि का”रवाही गर्न माग गरेकी छन् । सुन्दरका अनुसार मृ”तकको शव नेपाल पठाउन कतारस्थित नेपालीहरूको संस्था रोल्पाली सेवा समाज र नेपाली दूतावासले पहल गरिरहेका छन् । ह”त्याको आ”रोप लागेका गोपाल घर्ती क्षेत्रीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने अनुसन्धान गरिरहेको सुन्दरले बताए । गोपालले ओमबहादुरको ह”त्या गरेको स्वीकारसमेत गरिसकेको नवीनाले बताइन् ।




ओमबहादुरले सरकारबाट २०७७ फागुन १७ मा श्रम स्वीकृति लिई कतारको दोहास्थित ताडमुर रुफ्स एन्ड पुल्स डब्लु एल एल भन्ने कम्पनीमा काम गर्न पुगेका थिए । करिब सात महिनाअघि ओमबहादुर राजधानीस्थित गल्फ एशिया म्यान पावर कम्पनी प्रालि मार्फत् कामदार भिसामा कतार पुगेका थिए । तर ह”त्याको खबर पाएपछि घरमा रहेका श्रीमती, साना छोराछोरी र बृद्ध बाआमा मुर्छित् छन् । ओमबहादुरका ठूलोबाका छोरा सुन्दर घर्तीमगरले ओमबहादुरको ह”त्या भएको खबर पाएपछि परिवार र गाउँ नै शो”कमा डुबेको बताए ।कान्तिपुर बाट साभार

 



सम्बन्धित
Loading...