१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ


 



उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।

 

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

 




इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो ।

 

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छ ।

 



सम्बन्धित
Loading...