नवलपुर एमालेको कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका १ डाँडाथरमा एमालेका कार्यकर्ताहरुको कुटपिटबाट ६ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय डेढगाउँका अनुसार कुटपिटमा गरी ६ जना घाइते भएका छन् । कुटपिटमा परी बौदीकाली १ बस्ने २८ बर्षीइ अनिल लामिछाने, १९ बर्षीय विष्णुलाल श्रेष्ठ, ३० बर्षीय मोहनबहादुर श्रेष्ठ, २८ बर्षीय तुलसी कुमार श्रेष्ठ, १८ बर्षीय रवि थापा र ३५ बर्षीय गोपाल श्रेष्ठ घाइते भएका हुन् ।
एमालेको चुनावी प्रचारमा रहेका टोलीहरु स्थानीय युवाहरु भलिबल खेलिरहेको ठाउँमा पुगेर स्थानीय युवाहरुको विपक्ष भई भलिबल खेलेको र एमालेका युवाहरुले भलिबल खेल्ने क्रममा भलिबललाई लातीले हानी फालेको विषयमा विवाद भएपछि र्यालीमा सहभागी एमालेका कार्यकर्ताहरुले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाउँमा उपचार भईरहेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।