बुलिङटारमा मोेटरसाईकलले ठक्कर दिदा २८ महिने बालक गम्भिर घाईते




नवलपुर।

पूर्वी नवलपरासीमा मोटरसाईकलले ठक्कर दिदा एक बालक गम्भिर घाईते भएका छन् ।

 




प्रहरी चौकी बुलिङटारका अनुसार हिजो बुलिङटार गाउपालिका वार्ड नम्बर ६ हडाहा स्थित कच्ची सडकमा ग ४ प ९१०१ नं.को मोटरसाईकलले ठक्कर दिदा दुर्घटना भएको हो ।

 

दुर्घटनामा परि घाईते हुनेमा बुलिङटार ६ बस्ने श्रीकुमारी कुमालको २८ महिनाको छोरा रहेका छन् ।

 

सो बालकको दुर्घटनामा परि टाउकोमा गम्भिर चोट आएको छ र उनको हाल नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भईरहेको छ ।

 

प्रहरीका अनुसार मोटरसाईकल चालक फरार रहेको र दोषिको खोजतलास भईरहेको  छ ।

 

मोटरसाईकल प्रहरीको हिरासतमा रहेको र घटनाको बारेमा थप अनुसन्धान भइएरहेको पनि प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...