मासुभात खानेगरी घर आउछु भनेका युवकको शङ्कास्पद मृ`त्यु




ताप्लेजुङमा एक युवक मृ`त भेटिएका छन् । मिक्वाखोला गाउँपालिका–१ का २४ वर्षीय विनोद कार्की मृ`त भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

तेल्लावङ कन्स्ट्रक्सनमा एक्स्काभेटर चलाउने विनोद बुधबार दिउँसो दोभानबाट घर जाने भनेर हिँडेको कम्पनीका प्रबन्धक टंक खतिवडाले बताए ।

 




खतिवडाका अनुसार विनोदले बेलुका ६ बजे हान्द्रुङबाट बुवालाई फोन गरेर ‘एउटा भाले पनि काट्नु, भात खानेगरी आउँछु’ भनेका थिए ।

 

बेलुका अबेरसम्म पनि घर नआइपुगेपछि बुवाले छोरालाई फोन गरेका थिए । फोन नलागेपछि उनीहरू छोराको खोजीमा लागेका थिए । उनीहरूले खोसार्ने भन्ने स्थानमा झोला भेटिएपछि अरु गाउँलेलाई खबर गरेका थिए ।

 

गाउँलेसमेत मिलेर खोजी गर्दा विनोदको शव त्यहाँबाट करिब डेढ समय मिटर तल भेटिएको थियो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार दोभान इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा छ । ‘प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ,’ कार्कीले भने ।

 



सम्बन्धित
Loading...