जीप दुर्घटना हुँदा ५ जना घाइते

डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जोरायल गाउँपालिका-२ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१-०२४च९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको छ ।
दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका- ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी- ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएका छन ।
यस्तै, चालक अमरगढी नगरपालिका-७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका-२२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन् ।