९९ वर्षीय बिर्ख सिं गुरुङलाई स्ट्रेचरमा ल्याएर गराईयो मतदान !


तनहुँको व्यास नगरपालिका वडा न-८ रिस्तिको फेदी वडा कार्यालयमा ९९ वर्षीय बिर्ख सिं गुरुङले मतदान गरेका छन् । उनलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा ल्याइएको हो। तस्बिर : राजकुमार आले/ तनहुँ



याे पनि पढ्नुहाेस् काठमाण्डाै – पालिका चुनावअन्तर्गत अहिलेसम्ममा देशभर ४१ प्रतिशत मतदान भएको छ ।

बिहान सात बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी अहिलेसम्म ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।




दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदान स्थलमा झlडप भएर रोकिएको मतदान सुरु भइसकेको आयोगले जनाएको छ ।

यसैबीच विवाद र झlडप भएका ठाउँमा थप सुरक्षाकर्मी पठाउने काम भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाडीबाट छिट्टै पुग्न नसकिने ठाउँमा हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाउने काम भइरहेको छ ।

 



सम्बन्धित
Loading...