आफ्नो पक्षमा भाेट नदिएको भन्दै कुlटपिट : आठ जना घाइते
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गए राती भएको कुlटपिटबाट आठ जना घाइते भएका छन्। निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काँग्रेसका कार्यकर्तालाई कुlटपिट गरेको नेपाली कांग्रेसले आlरोप लगाएको छ।
मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुlटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएका वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए।
‘मलाई कुlटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरूलाई कुlटिएको छ,’ उनले भने ‘हामीले प्रहरीलाई जानकारी गराइसकेका छौं।’ उनका अनुसार घlटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै कुlटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै कुlटपिट गर्नेविरुlद्ध किटानी जायरी दिने बताए।
कुटपिटबाट घाइते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हाlतपात गरेपछि गाउँ नै आंlतकित भएको बताइन्। ‘निर्घात कुlटपिट गरेका छन्, सम्झाउन जानेलाई समेत कुlटे, हामीले सबै घlटनाका बारेमा प्रहरीलाई भनिसकेका छौं’, उनले भनिन्। उनले दोषीलाई कारबाही गर्न माग गरेकी छिन्। कुlटपिटबाट घाइते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो।
यता घlटनाका बारेमा कुlटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटीले भने कुनै प्रतिक्रिया दिएको छैन। यता जिल्ला प्रहरी कार्यालयले शनिबार बिहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ।