नवलपुरः गैडाकोट काँग्रेसले जित्यो, नगरप्रमुखमा मदनभक्त अधिकारी निर्वाचित

रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नगरप्रमुख उपप्रमुख दुवै पदमा नेपाली काँग्रेस विजयी भएको हो ।
१८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा १८ वटै वडाको अन्तिम मत परिणाम आउँदासम्म नगरप्रमुख उपप्रमुख दुवै पदमा काँग्रेस विजयी भएको हो ।
यहाँ काँग्रेस माओवादी गठबन्धन र एमाले राप्रपा गठबन्धन बीच कडा प्रतिप्रर्धा भएको थियो ।
नगरप्रमुखमा नेपाली काँग्रेसका मदनभक्त अधिकारी र उपप्रमुखमा काँग्रेसकै शान्ति कोइराला विजयी भएका हुन् ।
नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मदनभक्त अधिकारीले १६,४५५ मत प्राप्त निर्वाचित भएका हुन् । अधिकारीका निकतम प्रतिद्वन्दी नेकपा एमालेका छत्रराज पौडेलले १३६०६ मत प्राप्त गरे । पौडेल २०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसलाई पराजित गर्दै नगरप्रमुखमा निर्वाचित भएका थिए ।
त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति कोइराला निर्वाचित भएकाी छिन् । उनले १६११४ मत प्राप्त गरे भने राप्रपाका तुलाराम पौडेलले ८६४० मत प्राप्त गरे ।
गैडाकोट नगरपालिकामा रहेको १८ वटा वडा मध्ये ११ वटा वडामा नेपाली काँग्रेसले जित हात पारेको छ भने ६ वटामा नेकपा एमालेले र एउटामा माओवादी केन्द्रले जित हात पारेको छ ।
यस अघि स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेका वडा मध्ये गैँडाकोट ६ र १२ नेकपा एमालेले जितेको छ । यस अघि नेकपा एमालेले जितेका वडा मध्ये गैँडाकोट २, ५ र ९ नेपाली काँग्रेसले जितेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको गैँडाकोट १७ मा यस पटक नेकपा माओवादी केन्द्रले जित हात पारेको छ ।
यस्तो छ निर्वाचित वडाध्यक्षहरुको विवरण
१ सुरेन्द्र प्रसाद रेग्मी नेपाली काँग्रेस १४७२
२ प्रकाश सापकोटा नेपाली काँग्रेस १५४२
३ शिवकान्त तिवारी नेपाली काँग्रेस ९१४
४ तेज प्रसाद घिमिरे नेपाली काँग्रेस १०८६
५ रत्न प्रसाद सापकोटा नेपाली काँग्रेस १५६९
६ शुभाष चापागाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०१६
७ होमनाथ सापकोटा नेपाली काँग्रेस ७६०
८ प्रेम सापकोटा नेपाली काँग्रेस १०८०
९ धामनाथ सापकोटा नेपाली काँग्रेस ५८९
१० देवी दत्त कंडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९८१
११ गोविन्द प्रसाद सुवेदी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९९९
१२ चक्रपाणी कंडेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ९३९
१३ मधुकर मल्ल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६८४
१४ कोकिसरा राना मगर नेपाल कम्युनिष्ट पार्टी (एमाले) १०३१
१५ प्रेम राज तिमल्सेना नेपाली काँग्रेस ६७१
१६ विनोद कुमार मल्ल नेपाली काँग्रेस ४८६
१७ गोपी कंडेल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३४२
१८ तिल बहादुर चितौरे नेपाली काँग्रेस ६५२
देवचुली मेयर उपमेयर दुवै एमालेले विजयी
नवलपुरः हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी
नवलपुरः बुलिङ्गटारमा काँग्रेसको किल्ला भत्कायो एमालेका सुनारीले
नवलपुरः बौदीकालीमा काँग्रेसको किल्ला तोड्दै, एमाले विजयी