नवलपुरः हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी




रामकुमार श्रेष्ठ –

नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो ।




लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । त्यहा कांग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् ।

 

हुप्सेकोटमा वडा नम्बर २ मा एमालेबाट वडा सदस्यका उम्मेदवार लिलाबहादुर ठाडा झिनो मतान्तरले विजयी भएका छन् ।

पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७ सय १४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६ हजार ४ सय ५५ र रानाले ५ हजार ७ सय ४१ मत पाएका थिए ।

 

उपाध्यक्षमा कांग्रेसका पूर्णसिं रानाले ६ हजार ७ सय ५ र एमालेकी मनी पाण्डेले ५ हजार ७ सय ३८ ल्याएका थिए । फालमखानी रहेको यो गाउँपालिकामा विकट पहाडी क्षेत्रमा पर्छ र मगर समुदायको बाहुल्यता छ ।

 

नवलपुरमा ३ वटा पालिकाको अन्तिम मतपरिणाम आउँद सम्म २ बौदीकाली र बुलिङ्गटार पालिका अध्यक्ष एमालेले जितेको छ भने हुप्सेकोट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र बुलिङ्गटार गाउँपालिका उपाध्यक्ष काँग्रेसले जितेको छ । त्यसैगरी बौदीकाली गाउँपालिका उपाध्यक्ष एमालेले जितेको छ । 

 

लक्ष्मी पाण्डे नवलपुरको पालिका प्रमुखमा ठूला दलहरुबाट प्रतिनिधित्व गर्दै पालिका अध्यक्षमा उम्मेदवारी दिएका एक मात्र महिला प्रतिनिधित्व हुन् ।

नवलपुरमा अन्तिम मत परिणाम आउन बाँकी ५ वटा पालिकाहरु मध्ये अहिलेसम्म गैडाकोट नगरपालिकामा र विनयी त्रिवेणी गाउँपालिकामा काँग्रेसका अग्रता रहेको छ भने मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका र देवचुली नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ ।

 

हुप्सेकोट गाउँपालिकाको वडाहरुमा निर्वाचित वडाध्यक्षहरु

१ वडाध्यक्ष प्रेमबहादुर घर्ती नेपाली काँग्रेस (१२०६)
२ वडाध्यक्ष कृष्णबहादुर थापा नेपाली काँग्रेस (११५६)
३ वडाध्यक्ष विष्णु राना मगर नेपाली काँग्रेस (१४२४)
४ वडाध्यक्ष महेन्द्र पाण्डे नेपाली काँग्रेस (१५५७)
५ वडाध्यक्ष पदमबहादुर राना मगर नेपाली काँग्रेस (६७९)
६ वडाध्यक्ष छमबहादुर सोमै मगर नेपाली काँग्रेस (७८१)

 

नवलपुरः बुलिङ्गटारमा काँग्रेसको किल्ला भत्कायो एमालेका सुनारीले
नवलपुरः बौदीकालीमा काँग्रेसको किल्ला तोड्दै, एमाले विजयी


सम्बन्धित
Loading...