नवलपुरः नक्कली सुनलाई सक्कली भनी ठगी गर्नेहरु नेपाल प्रहरीद्वारा पक्राउ


 



ममता गौतम – नवलपुर । पूर्वी नवलपरासी बाट नगद रु.४,१९,००० र नक्कली पहेलो सुन जस्तो देखिने धातुसहित २ जनालाई पक्राउ गरेको छ ।

 

नवलपुरका विभिन्न स्थानहरु – कावकसोती, डण्डा, दलदले, र गैडाकोट)मा रहेको सुनचाँदी पसलहरुमा नक्कली सुनलाई सक्कली भनी बिक्री वितरण गरीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

 




पक्राउ पर्ने भारत, बिहार प्रदेश बस्ने वर्ष २४ का रुदिपक कुमार जैसवाल र उत्तर प्रदेश बस्ने वर्ष ३९ का राम प्रकाश चौधरी हुन् ।

 

उनीहरुले सक्कली बिल बिजक सहित साथमा लिईआएको सुनजस्तो देखीने पहेलो धातुले बनेको नक्कली गरगहनाहरु (मंगलसुत्र ,औठी, टप ) बिक्री गरी ठगी गरेको भन्ने सुचना प्राप्त भएपछि नवलपुरबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई निएन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनूसार उनीहरुलाई ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...