अपाङ्गता भएकी महिला बलात्कृत


 



जिल्लाको महाराजगन्जमा ३५ वर्षीया एक अपाङ्गता भएकी महिला बलात्कृत भएकी छन् ।

 

महाराजगन्ज नगरपालिका–६ छोटकी बुटहनियामा अपाङ्गता भएकी महिलाको बलात्कार भएको प्रहरीले जनाएको छ ।

 




जेठ ४ गते बुधबार साँझ ५ बजे कोटिया बढनीबाट फर्किने क्रममा स्थानीय ग्रिस चौधरी(अग्गु) नामक युवाले उखु खेतमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय, कृष्णनगरले जनाएको छ ।

 

तीन छोरीकी आमा पीडित महिलाको मेडिकल परीक्षणका लागि पठाइएको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...