यहि जेठमा बिहे हुन लागेका सन्त कुमार र उनको बुवाको धा`रिलो ह`तियार प्रयोग गरि ह`त्या

सिरहामा बाबु छोराको धा`रिलो ह`तियार प्र`हार गरी ह`त्या गरिएको छ।
सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति ह`त्या भएको जिल्ला प्र`हरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताए ।
डिएसपी बुढाथोकीका अनुसार मृ`तकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो ह`तियार प्र`हार गरिएको छ ।
सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।
विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको ह`त्या भएको प्र`हरीले जनाएको छ ।
प्र`हरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। ह`त्या भएको घ`टनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए ।
सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आएका थिए ।
घ`टनास्थललाई प्र`हरीले सिल गरेको छ भने थप अ`नुसन्धान गर्न कुकुर समेत प्रयोग भइरहेको डिएसपी बुढाथोकीले बताए ।