चितवनमा काँग्रेस पार्टी कार्यालय तोडफोड

भरतपुर । नेपाली काँग्रेस भरतपुर–४ को पाटी कार्यलयमा गए राती तोडफोड भएको छ ।
अजात समूहले गरेको तोडफोेबाट कार्यलय भित्रको कुर्ची टेवलमा क्षति पुगेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
घटनामा संलग्नको खोजी गरी कारबाही गर्न जिल्ला समितिले आग्रह गरेको छ । घटना सम्बन्धी प्रहरी समक्ष उजुरी दिएको सभापति खनालले जानकारी दिए ।
करेन्ट लागेर चितवनमा एक जनाको मृत्यु
भरतपुर । भरतपुरमा १० मा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । हावाहुरीले झारेको बोर्ड मिलाउने क्रममा शिखर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
शिखर इन्स्युरेन्समा कार्यरत भरतपुर १० कटहर चोक बस्ने वर्ष ३५ की सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो ।
करेन्ट लागेर गम्भीर घाइते भएका सुवेदीको उपचारको लागि भरतपुर अस्पताल लजाँदै गर्दा बाटोमा नै मृत्यु भएको चिकित्सकको भनाइ उदृत गर्दै चितवन प्रहरीले जनाएको छ ।
सोही इन्स्युरेन्समा कार्यरत भरतपुर ७ बस्ने वर्ष ३२ को तरुण थापा पनि करेन्ट लागेर घाइते भएका छन् । उनलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।