धरानका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयर पदमा विजयी




धरान / धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयर पदमा विजयी भएका छन् ।

 

धरानमा कुल ६२ हजार ८५७ मत खसेकोमा सामपाङ्गले २१८२१ मत प्राप्त गर्दै विजयी भएका छन् ।




उनले कु्ल ५७६२ को फराकिलो मत अन्तरले आफ्ना निकतम गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार किसोर राईलाई पराजित गरेका छन् ।

 

मत परिणाम अनुसार स्वतन्त्र उम्मेद्वार हर्कराज सामपाङ्गले २१८२१ म्त प्राप्त गरेका हुन् भने ।

गठबन्धन तर्फबाट कांग्रेसका उम्मेद्वार किसोर राईले १६०५९ मत प्राप्त गरेका हुन् भने उनलाई पछ्याइरहेका एमालेका मञ्जु भण्डारीले १२८२५ मत प्राप्त गरेका हुन् ।

 



सम्बन्धित
Loading...