मनोज पाण्डेविरुद्ध यौन दुर्व्यव-हारको किटानी जाहेरी दर्ता


 



नाबालिकालाई यौन दुर्व्य’वहार गरेको भन्दै मोडल ग्लोबल भिसा कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरुद्ध किटा’नी जाहे’री दर्ता भएको छ ।

 

नाबालिकाविरुद्ध यौन दुर्व्य’वहार गरेर बालबालिकाविरुद्धको क’सूर गरेको निष्कर्षसहित बालबालिका सम्बन्धी ऐनअनुसारको क’सूरमा जा’हेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले  बताए ।

 




सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीले ८ वर्ष अघि पाण्डेले आफूलाई ज’बर’जस्ती क’रणी गरेको खुलासा गर्दै भिडियो सन्देश सार्वजनिक गरेपछि पाण्डे शनिबार प’क्राउ परेका थिए ।

 

तर जबर’ज’स्ती कर’णीको कसू’र’मा उ’जुरी दर्ताका लागि एक वर्ष ह’दम्या’द रहेकाले कानूनी प्रक्रिया अघि बढाउन जटिलता देखिएको थियो । त्यसपछि ब’लात्का’रको मु’द्दामा हद’म्या’द बढाउन माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन भए ।

 

संसदमा पनि यस विषयले प्रवेश पायो, सभामुख अग्निप्रसाद सापकोटाले तत्काल अनु’सन्धान गरेर दो’षीलाई का’रबा’हीको दायरा ल्याउन सरकारलाई रुलिङ गरे । त्यसपछि गृह मन्त्रालयले उपत्यका अप’रा’ध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गर्‍यो । शनिबार आरोपी पाण्डेलाई पनि पक्राउ गर्‍यो ।

 

पाण्डे पक्राउ परेको भोलिपल्ट आइतबार एक किशोरी उपत्यका प्रहरी अनुसन्धान कार्यालयको सम्पर्कमा पुगेकी थिइन्। उनैले पाण्डेविरुद्ध जा’हेरी दिएकी हुन् ।

 

सामाजिक सञ्जाल टिकटकमार्फत बला’त्कारबारे सार्वजनिक गरेकी युवतीको जा’हेरी चाहिँ कुन कसूर अन्तरगत अघि बढाउने भन्ने टुंगो लागि नसकेको एसएसपी गिरीले बताए । उनले भने, ‘मु’द्दा अघि बढाइसकेपछि भोलि अदालतमा पुष्टि गर्न नसकिने गरी पनि लैजानु भएन, त्यसैले अझै छलफल गरिरहेका छौं ।’

 

सम्बन्धित समाचार 

अर्की पीडितले ७ वर्ष पछि मुख खोलिन् : प्रधानाध्यापकले दुई वर्षसम्म बलात्कार गरे

८ बर्ष पछि बलात्कार आरोप लागेका मनोज पाण्डे पक्राउ



सम्बन्धित
Loading...