सुत्केरी महिलालाई ५ हजार सुत्केरी खर्च दिने कावासोती ९ को पहिलो निर्णय


 



कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ का नवनिर्वाचित जनप्रतिनिधिको वैठकले वडा भित्र रहेका महिलाहरु सुत्केरी हुँदा सुत्केरी खर्च वापत ५ हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

 

कावासोती ९ का नवनिर्वाचित प्रतिनिधिहरुको पहिलो वैठकले २ वटा निर्णय गरेको वडा अध्यक्ष रिभरकुमार श्रेष्ठले बताए ।

 




श्रेष्ठका अनुसार कावासोती ९ भित्रका महिलाहरु सुत्केरी हुँदा सुत्केरीलाई पोषणयुक्त खानेकुरा र शिशु स्याहारका लागि प्रतिव्यक्ति ५ हजार रुपैयाँ दिने निर्णय गरिएको हो ।

 

त्यसैगरी कृषि व्यवसायीलाई प्रबद्र्धन गर्नका लागि समय अनुसारको विउविजन र मल समयमै वडा कार्यालयले आफै उपलब्ध गराउने निर्णय गरेको श्रेष्ठले बताए । कावासोती ९ का जनप्रतिनिधिहरुले आज नै पदभार ग्रहण गरेका हुन् ।

 



सम्बन्धित
Loading...