दुःखद खबरः श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृ-त्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापस्थित कोशी राजमार्गमा सोमबार श्रीमानले चलाएको मोटरसाइकल दुर्घटना हुँदा श्रीमतीको मृ-त्यु भएको छ । मृ’त्यु हुँनेमा तेह्रथुमको छथर गाउँपालिका–५ की २२ बर्षीया कौशिला चेम्जोङ छन् ।
धनकुटाको मौनावुधुकस्थित माइती/ससुराली पुगेर तेह्रथुमको छथर गाउँपालिकास्थित घर फर्कदै गर्दा बिहान करिब ११ः४५ बजे श्रीमान–श्रीमती सवार को ३४ प ११८५ नम्बरको मोटरसाइकल दुर्घ’टना भएको हो । कौशिलाका श्रीमान ३४ बर्षीय रामकुमार लिम्बुले मोटरसाइकल चलाएका थिए । कौशिला पछाडि सवार थिइन् ।

दुर्घट’नामा परी कौशिलाको टाउकोमा गम्भी’र चोट लागेको थियो । रामकुमारको हातमा सामान्य चोट थियो । उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको भएपनि उपचारकै क्रममा दिउँसो करिब ३ः३० बजे कौशि’लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
धनकुटाका ट्राफिक प्रहरी हवल्दार दीपक खड्काका अनुसार मुसलधारे पानी परिरहेका बेला अनियन्त्रित भएर मोटरसाइकल दुर्घ’टना भएको अनुमान गरिएको छ ।
मोटरसाइकल सडकमै पल्टिएको थियो । दुर्घट’ना पश्चात इलाका प्रहरी कार्यालय भेडेटारबाट घटनास्थल पुगेको प्रहरी नायब निरीक्षक उज्वल शाक्य नेतृत्वको टोलीले घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठाएको हो ।