बालेन शाहले अभिनेत्री स्वस्तिमालाई भने–तपाईंको फोटोले पनि अभिनय गरिरहेको हुन्छ

काठमाडौं– काठमाडौं महानगरपालिकाका सम्भावित मेयर बालेन शाहले अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको आफू फ्यान रहेको बताएका छन्। र्‍यापरसमेत रहेका शाहले फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन्।

राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका उनले भने, ‘स्वस्तिमाजीको एक्सप्रेसन मलाई निकै मन पर्छ। उहाँ नबोल्दा पनि फोटोले अभिनय गरिरहेको हुन्छ।’

अभिनेता अर्पण थापाका हरेक फिल्म आफूले हेर्ने गरेको उल्लेख गरे। आफू थापाको अभिनयको फ्यान रहेको बताउँदै थपे, ‘अघि पनि कुरा गरिरहेको थिएँ। अर्पण दाइको फिल्म मैले कुनै पनि छुटाएको छैन।’

अभिनेता अर्पण थापाका हरेक फिल्म आफूले हेर्ने गरेको उल्लेख गरे। आफू थापाको अभिनयको फ्यान रहेको बताउँदै थपे, ‘अघि पनि कुरा गरिरहेको थिएँ। अर्पण दाइको फिल्म मैले कुनै पनि छुटाएको छैन।’

सम्बन्धित
Loading...