बालेन जितको नजिक, कसकाे कति मत ?

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४९ हजार ३५८ मत ल्याएका छन् । पछिल्लो तथ्यांक अनुसार प्रतिष्पर्धी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ६९ मत ल्याएकी छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २९ हजार २८४ मत ल्याएका छन्।

काठमाडौंका २३ वटा वडाको मतगणना सकिसकेको छ । अहिले वडा नम्बर १३, १४, १५, १६, १८, १९, २०, २१, २२ को मतगणना भइरहेको बताइएको छ।
५ हजार ६४३ मत बदर भएको छ । हालसम्म १ लाख ४५ हजार ३६२ मत गणना भइसकेको छ ।