शिक्षकले यौlन दुlर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित


काठमाडौँ — काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौlन दुlर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुlर्व्यवहार गरेको आरोप लागेको छ ।



पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि उनीहरू महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘घlटनाका बारेमा अनुसन्धान गरिरहेका छौँ । कलेज प्रशासन र विद्यार्थीसँग बुझ्ने काम भइरहेको छ । अरु विषय अनुसन्धानपछि बाहिर आउनेछ,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले भने ।

 



सम्बन्धित
Loading...