पर्सामा युवकको ह`त्या गरी फरार रहेका तीन जना अ`भियुक्त काठमाडौँबाट पक्राउ




 

पर्सा– ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रवीण पाख्रिनको ह`त्यामा संलग्न तीन जना फरार अ`भियुक्तलाई प्र`हरीले प`क्राउ गरेको छ । उनीहरुलाई सोमबार प`क्राउ गरिएको हो ।

 




प`क्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका–३२ रामबनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

 

 

प्र`हरीका अनुसार उनीहरुले सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्र`हार गरी बे`होस अवस्थामा छोडेका थिए ।

 

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रवीणको मृ`त्यु भएको थियो । घ`टनामा संलग्न रही फ`रार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट प`क्राउ गरिएको हो ।

 

उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला प्र`हरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

 



सम्बन्धित
Loading...