बसकाे ठक्कर दिँदा दुई म्यादी प्रहरीको मृत्यु, स्कुटर दुर्घटनामा एकको निधन




झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको मृत्यु भएको छ।

स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।




को १ ख ७१८७ न नम्बरको झुल्के देवी यातायातको यात्रुवाहक बसले शिवसताक्षी नगरपालिका ठक्कर दिएको हो। प्रहरीले मृतकको पहिचान गराएको छैन । 

यता कास्कीको पोखरा महानगरपालिका–९ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० वर्षीय किशोर कुमार थापाको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।

यसैगरी, दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० वर्षीय नागेन्द्र के.सी.को सोही अस्पतालमा उपचार भइरहेको छ ।



सम्बन्धित
Loading...