कावासोतीको चालिस किलो जंगलमा लागुऔषध सहित एक पक्राउ

नवलपुर। पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।
नवलपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उपमहानगरपालिका १६ बस्ने २७ वर्षिय दिनेश बि.क रहेका छन् ।
निजलाई कावासोती नगरपालिका वडा नं. १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा चोरमाराबाट कावासोती तर्फ आउदै गरको लु२ख २१३४ नं. को बस सवार भई आउदै गर्दा प्रहरीद्वारा चेकजाच गर्ने क्रममा पक्राउ गरको हो ।
प्रहरीले निजबाट खैरो कलरको झोलामा लुकाएर राखेको अवस्थामा नुर्पिmन ७८ एम्पुल, डाइजापाम ७८ एम्पुल, फेनारागन ७८ एम्पुल गरी जम्मा २३४ एम्पुल लागुऔषध फेला पारको छ ।
घटनाका आरोपी र लागुऔषध प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा थप अनुसन्धान भई रहेको नवलपुर प्रहरीले बताएको छ ।