भर्खरैः सडकबाट बस ख’स्यो, ४ जनाको घटना स्थलमै मृ-त्यु, ३० बढी गम्भीर घा’इते


file photo

 



कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृ’त्यु भएको छ भने ३४ जना घा’इते भएका छन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घट’नामा परेको हो ।

 

दु’र्घ’ट’नामा परि ४ जनाको मृ’त्यु भएको र अन्य ३४ जना ग’म्भीर घा’इते भएको उद्धारमा खटिएका आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

 




‘दुर्घटना भएको बस कर्णाली नदिको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ ।’ उपाध्याले भने । ४ जनाको मृ’त्यु भएको छ रातिको समय भएकोले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।

 

राकमबाट उ’द्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घा’इतेको उ’द्धार गरिरहेका छन् । घा’इते सबैको अवस्था ग’म्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने खड्गराज उपाध्यायले बताएका छन् ।

 

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि टोली पठाएको बताएका छन् ।

 



सम्बन्धित
Loading...