बाघको आक्रमणमा परि एक महिलाको मृत्यु
गुलरिया : बाख्रा चराउन गएकी महिलाको पाटेबाघको आक्रमणमा परि मृत्यु भएको छ। बर्दियाको खाताजैविक मार्गमा अवस्थित जन जागृती सामुदायिक वन मधुवन २ मा बाख्रा चराउने क्रममा मधुवन कोठियागाउँ निवासी ४७ वर्षिया कौशिला पालको मृत्यु भएको हो।
४७ वर्षिया पालको बाख्रा चराउने क्रममा मंगलबार बेलुकी पाटेबाघको आक्रमणमा परि मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मीलगायत बनको टोली पुगेर मुचुल्का गरी शव पोष्टमार्टमको तयारी गरेको बताए।
ब्युटी प्याजेन्ट बलात्कार प्रकरणः माल्भिका सुब्बासँग प्रहरीले लियो बयान:
काठमाडौं । ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको घटनामा प्रहरीले पूर्वमिस नेपाल माल्भिका सुब्बासँग बयान लिएको छ । सुब्बा प्रतियोगिताकी कोरियोग्राफर समेत हुन् ।
घटनाको साक्षीकारुपमा काठमाडौं प्रहरी परिसर, टेकुको मुद्दाका शाखाले सुब्बासँग मंगलबार बयान लिएको हो । प्रकरणका मुख्य आरोपी मनोज पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भुबाट पक्राउ गरेको थियो ।
काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार अनुसन्धानका सिलसिलामा घटनासँग जोडिएका विभिन्न व्यक्तिहरुसँग बयान लिने क्रम जारी छ । त्यहीक्रममा सुब्बालाई पनि बयानका लागि बोलाइएको थियो ।
बयानमा सुब्बाले पीडित किशोरीले त्यसवेला ‘ह्यारेसमेन्ट’ गरेको बताएको खुलाएकी छन् । उनले आफूले त्यतिवेला टेलिफोन कुराकानीमा विस्तृत बुझ्न नपाएको र पछि पीडितसँग कुराकानी नभएको उनले भनेकी छन् ।
सुब्बाको बयानले घटनालाई पुष्ट्याइँका लागि मद्दत पुग्ने प्रहरीले जनाएको छ । घटनामा पीडितले उल्लेख गरेका अन्य केही व्यक्तिहरुलाई पनि साक्षीका रुपमा बयानका लागि बोलाउने प्रहरी तयारी छ ।
प्रतियोगिताकी उपाधि विजेता र तेस्रो हुने प्रतिष्पर्धीलाई पनि बयानका लागि प्रहरीले बोलाउँदैछ । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेर बलात्कारबारे खुलासा गरेकी थिइन् ।
प्रतियोगिताकी उपाधि विजेता र तेस्रो हुने प्रतिष्पर्धीलाई पनि बयानका लागि प्रहरीले बोलाउँदैछ । गत बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो सार्वजनिक गरेर बलात्कारबारे खुलासा गरेकी थिइन् ।