आफ्नै गाउमा यस्तो अवस्था देखेर गायक श्याम राना धुरुधुरु रुदै-सहयोग गरे(भिडियो सहित)


पछिल्लो समय सबैले रुचायका सर्बप्रिय गायक श्याम रानाको गाउ चापाकोटको यात्रा संगै घुम्ने क्रममा एउटा घरमा कारुणीक दृश्य देख्न पुग्यौं। हाम्रो साथमै श्याम रानापनी संगै यात्रा गर्दै हुनुहुन्थ्यो त्यस्तै कानले नसुन्ने तर समाज सेवामा निकै रुचि राख्ने चापाकोटकी सुनिता थापा पनि संगै हुनुहुन्थ्यो। त्यत्तिकैमा एउटा घरको पिडिमा हरी प्रसाद ज्ञवाली नाम गरेका व्हिल चियरमा नत बस्न सकेका थिय नत त्यहाबाट वर्लिननै।



त्यसपछि सहयोगका लागी हाम्रो पाईला उनीतिरै अगाडि बढे र उनलाई केहि कुरा सोध्ने क्रममा उनले जीवनका बास्तबिक कथाहरु सुनाउदै गर्दा साच्चै हामीपानी धरधरी रुन पुगेउं। त्यसपछि उनको एउटा बास्तबिक जिबनको कथालाई बाहिर ल्याउदा उनको जिबनमा केहि सहज हुन्छ कि भनेर आजको यो कथा स्याङ्गजाको चापाकोट बाट सार्बजनिक गरेका छौं।

चापाकोटका हरी प्रसाद ज्ञवाली ५ महिनाको हुदा जन्म दिने बुवा बेपत्ता हुनु भयो, कुटो कोदालो,अर्कैको काम गरेर हुन्छ कि कसरी हुन्छ जन तन आमाले छोरा छोरीलाई दुखै-दुखमा हुर्काउनु भयो। ठुलो भयपछि छोराछोरीले बाबा खोज्न थालेपछि आमाले त्यहि एउटा तस्बिरलाई देखाउनु हुन्थ्यो रे बाबा यहि हो भनेर। अनि हरी प्रसादलाई बाबाको नाम र तस्बिर बाहेक बाबा भनेर बोलाउने सब्दले सधै रूहाई रहन्थ्यो।




हरी प्रसाद अहिले ३० बर्षका भय तर उनि ५ महिनाको हुदा हरायका बुवा अझै घर फ़र्कियका छैनन् अझै पनि हरी प्रसादलाइ बुवा फर्किने आशा भने मनमनै लागीरहन्छ। उता छोरा छोरी बढे अब सुख पाउछु कि भन्दा भन्दै आमा पनि ६० बर्षको हुनुभयछ तर दिन दिन झनै दुखले झेल्दै गयो छोराको चिन्ताले आमालाई पनि। छोरा हरी प्रसाद ज्ञवालीले अन्तरजातीय बिहे गरे अनि छोरा पनि पाय तर उनको यस्तो अवस्था भपछि श्रीमतीले पनि छोडेर गयको बताय।

घरमा सुख दिन्छु भनेर केहि समय पहिला हरि प्रसाद ज्ञवाली विदेश पनि गयका रहेछन तर उनि घर आयपछी बिस्तारै एक्कासि सरिरको तल्लो भाग चल्न छाड्यो। त्यसपछि जिबनमा उनको परीवारलाई झनै दुखले झेल्दै गयो उनि सारीक अपाङ्ग हुन पुगे र बोलि समेत तोते-तोते हुदा कसैले भन्थे रे उनलाई रक्सि-खायर एस्तो गरेको छ भन्दै त्यति बेला आफु धेरै रुने गरेको कुरा हामीलाई बातौदै गय। उपचार गर्दा गर्दै आफुले बिदेशमा कमायको दाइले कमायको अनि सबै कुरा सकियर अहिले उनि उपचार समेत गर्न नसक्ने भयर यत्तिकै घरमा थन्कियर बस्न परेको रहेछ। बाकि उनको कथा तलको पुरा भिडियो हेरेर थाहा पाउनु हुने छ।

 



सम्बन्धित
Loading...