६२ जना यात्रु लिएर आउँदै गरेको बस दुर्घटना, मृतक सबैको पहिचान खुल्यो


काठमाडौं, १२ जेठ ।



बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको छ । दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बस दुर्घटनामा परेर मृत्यु भएका ४ जनाको पहिचान भएको हो ।

कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको म १ ख ६६० नम्बरको यात्रुबाहक बस बुधबार राती दुर्घटनामा परेको थियो । सो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिनुभयो ।




डीएसपी साहका अनुसार दुर्घटनामा परी दैलेखका दुई र कालिकोटका दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका-९ का अन्दाजी ३२ वर्षीय प्रेम सुनार र ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी ३५ वर्षीय ज्ञानबहादुर बम र ५५ वर्षीय धनकला शाहीको मृत्यु भएको डीएसपी साहले जानकारी गराउनुभयो ।

बसमा कुल ६२ जना यात्रु रहेको खुल्न आएको र तीमध्ये ३९ जना घाइते भएका छन् । सामान्यदेखि गम्भीर घाइते भएका बसमा सवार ३९ जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । तस्विर: कान्तिपुर

 



सम्बन्धित
Loading...