घाँटी का`टिएको वि`भत्स अ`वस्थामा पुरुषको श`व फेला




सुनसरीको धरानमा एक पुरुषको ह`त्या भएको छ । बिहीबार बिहान साढे ५ बजे धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा करिब ३२ वर्षीय पुरुषको श`व फेला परेको हो ।

आर्य जातीको जस्तो देखिने पुरुषको स`नाखत हुन सकेको छैन । खोलाको बगरमा श`व फेला परेपछि स्थानीयले प्र`हरीलाई खबर गरेका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घ`टनास्थल गएर अ`नुसन्धान गरेको छ ।

मृ`तकको घाँ`टी काटिएको छ । टाउको, ढाड लगायत शरीरका विभिन्न भागमा धा`रिलो ह`तियारले का`टिएको छ । उनले सेतो र कालो रंग मिसिएको ज्याकेट लगाएका छन् ।



सम्बन्धित
Loading...