सेउती खोलाको किनारमा पुरुषको शव फेला


 



धरान ५ स्थित सेउती खोलाको किनारमा एक पुरुषको शव फेला परेको छ ।

 

देउराली सुन्दर बस्तीदेखि केही मिटर पर  अन्दाजी ३५-४० उमेर समूहको पुरुषको शव भेटिएको संघीय प्रहरी इकाई कार्यालय धरानले बताएकाे छ ।

 




प्रत्यक्षदर्शीका अनुसार ति पुरुषको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

खोलामा कम गर्न आएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत हुन सकेको छैन । घटना अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । 

 



सम्बन्धित
Loading...