१७ वर्षीय किशोरीमाथि यौन दुर्व्यवहार गरेकाे झापाको अर्काे घटना सार्वजनिक


 



झापाको दमक नगरपालिकामा सौन्दर्य प्रतियोगितामा जिताउने प्रलोभन देखाएर आयोजकले नै एक किशोरीमाथि यौन दुर्व्यवहार गरेका घटना सार्वजनिक भएकाे छ ।

 

‘मिस्टर एन्ड मिस कलेज २०२२’ नामक सौन्दर्य प्रतियोगिताको विजेता बनाइदिने प्रलोभनमा दमक-१ घर भएकी १७ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार घटना सार्वजनिक भएको हो ।

 




आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरले फेसबुक म्यासेन्जर तथा ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको ती किशोरीको आरोप छ ।

 

किशोरी र उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा उजुरी परेपछि प्रहरीले आरोपितलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

 

पक्राउ परेका शंकारमाथि बाल यौन दुरूपयोग कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ । नायब उपरीक्षक गिरीले जानकारी दिए।

 



सम्बन्धित
Loading...