नेपाली कामदारलाई कोरियामा रोजगारीका लागि नयाँ क्षेत्र खुल्ला, यसरी सजिलै जान सकिने


काठमाडौँ-वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक मानिने दक्षिण कोरियाले अबदेखि साताको दुई सय नेपाली कामदार लाने भएको छ । कोभिड-१९ को महामारीका कारण कामदार लैजाने प्रक्रिया अवरुद्ध भएको थियो ।



आगामी (सोमबार) १९ गतेबाट कमिटेड र नियमित कामदार लैजाने लागेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाका निर्देशक सुरेश राउतले जानकारी दिए । यसअघि कोरियाले ५० देखि एक सय नेपाली कामदार लैजाने गरेको थियो ।

नेपाली कामदारलाई माछा मार्ने काममा पनि लैजाने तयारी गरेको छ । यसअघि उद्योग र कृषिमा मात्र मात्र लैजाने गरेको थियो । माछा मार्ने काममा पनि नेपाली लैजाने गरी छलफल प्रक्रिया अगाडि बढेको उनले बताए । यसले नेपाली कामदारलाई कोरियामा रोजगारीका लागि नयाँ क्षेत्र खुलेको छ ।




सरकारले विभिन्न समयमा कोरियाबाट फर्केका नेपाली कामदारलाई पठाउन थालिसकेको छ । पहिलो चरणमा ‘कमिटेड’ कामदारलाई कात्तिकको पहिलो सातादेखि नेपालबाट जान थालिसकेका छन् ।

कमिटेड कामदारसँगै सन् २०१८-२०१९ मा भाषा परीक्षा पास गरेका कामदारलाई लैजान सुरु गरिसकेको छ । अहिले भने नियमित कामदारलाई थालेपछि कोरिया रोजगारीको ढोका खुल्दै जाने सम्भावना बढ्दै गएको छ ।

कोरियासँग नेपाली कामदारको माग बढाउनका लागि विभिन्न समयमा अनौपचारिक रुपमा छलफल भइरहेको राउतले जानकारी दिए ।

 



सम्बन्धित
Loading...