देउवा सरकारमा आएपछि कोभिड समस्या गयो, भ्रष्टाचार अन्त्य भयो: प्रकाशशरण महत
काठमाडौ। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार आएपछि कोभिड-१९ समस्या व्यवस्थापन भएको दाबी गरेका छन्।
पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन्।
‘केपी शर्मा ओलीले संविधानविरुद्ध शासन चलाए, कुशासन र भ्रष्टाचार गरेका थिए’, उनले भने, ‘सभापति देउवाको नेतृत्वमा सरकार आएपछि कोभिड-१९ व्यवस्थापन भयो, भ्रष्टाचार पनि अन्त्य भयो।’
उनले देउवाको सरकार आएपछि अन्तर्राष्ट्रिय सम्बन्ध पनि बलियो भएको बताए।
‘ओलीले पूरा समय पनि सरकार चलाउन सकेनन्। असफल भए’, उनले भने, ‘त्यसबेलाको शासन अति नै विवादित बन्यो। त्यसकारण पनि उहाँहरुप्रति वितृष्णा फैलियो। र, चुनाव पनि हार्नुभयो।’