बालेनलाई बधाई दिँदै गगन थापाले भने, एक सांसदको रूपमा म सधैँ साथमा रहनेछु
काठमाडौं ।
काठमाडौंको मेयरमा स्वतन्त्रका बालेन शाह निर्वाचित भएपछि कांग्रेस महामन्त्री गगन थापाले प्रतिक्रिया दिएका छन् । काठमाडौंबाट प्रतिनिधित्व गर्ने युवा नेता थापाले मेयरमा जित्ने बालेन र उपमेयरमा जित्ने सुनिता डंगोललाई बधाई दिएका हुन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
बालेनप्रति लक्षित गर्दै नेता थापाले सामाजिक संजालमार्फत काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौं’ बनाउने अभियानमा सांसदको रुपमा आफ्नो सधैं सहयोग हुने बताएका हुन् ।
महामन्त्री थापाले लेखेका छन्, ‘काठमाडौँ महानगर प्रमुखमा बालेन शाह,उपप्रमुखमा सुनिता डङ्गोल तथा महानगरका निर्वाचित सबै जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना !
’ थापाले भनेका छन्, ‘काठमाडौंवासीले भोगेका समस्या समाधान गर्दै ‘लिभेवल काठमाडौँ’ बनाउने अभियानमा काठमाडौँको एक सांसदको रूपमा म महानगरको टिमसँग सधैँ साथमा रहनेछु।’***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****