अबको चुनाव जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती


cWoIf bfxfn
sf7df8f}F, # ;fpg . k|wfgdGqL z]/axfb’/ b]pjfaf6 k|ltlglw;efsf] bf];|f] a}7sdf ;+ljwfgsf] wf/f &^ sf] pkwf/f -^_ adf]lhd cfkm”dfly k|ltlglw;efsf] ljZjf;sf] dtsf] nflu k|:tfj ug{‘ePkl5 cfOtaf/ dfcf]jfbL s]Gb|sftkm{af6 wf/0ff k|:t’t ug{‘x’Fb} cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/M /Tg >]i7, /f;;

 



काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री बन्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

 

यसअघि ओलीलाई दुई-दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् ।

 




२०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए ।

 

नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्‍चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुची देखाएको प्रचण्डको दाबी छ ।

 

यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् ।

 

गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए ।

 

हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ ।

 



सम्बन्धित
Loading...