विमान दुर्घटाग्रस्त भएको खबरसँगै एयरपोर्ट’मा आफन्तको रुहावसी साथै यात्रु अर्काे उडानको पर्खाइमा थिए (फोटोफिचर)
पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो।
पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।
पहिलो उडान सकेर फर्केपछि दोश्रो उडानको तयारी समेत भएको थियो। ‘पाँचवटा उडान भएकोले दोश्रो उडानको तयारी समेत भएको थियो।
यात्रुहरु विमानस्थल आइसकेका थिए,’ पोखरा विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले भने। अहिले यात्रुका आफन्त, दोश्रो उडानका यात्रु र शुभचिन्तक विमानस्थल पुगेका छन्।