नवलपुर: काठ तस्करीमा संलग्न फरार प्रतिवादी पक्राउ


 



पूर्वी नवलपरासीमा काठ तस्करीमा संलग्न एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

नवलपुर प्रहरीले बौदीकाली गाउपालिका वडा नंं २ बस्ने १८ वर्षिय हिमाल परियारलाई पक्राउ गरको हो । उनलाई बौदीकाली गाउपालिका २ भुरुङ्गेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 




साढे ५ महिनाअघि हुप्सेकोट गाउपालिका वडा नं. ५ स्थित भित्रि सडकमा अनियमित तरिकाले साल जातका चिरान काठहरु ओसार पसार गरिरहेको अवस्थामा परियारको टेक्टर नवलपुर प्रहरीले बरामद गरको थियो ।

टेक्टर चालक परियार भने उक्त दिनदेखि फरार थिए ।

 

उनलाई ईलाका प्रहरी कार्यलय डेढगाउबाट खटिएको प्रहरीले पक्राउ गरेर डिभिजन वन कार्यालय नवलपुरलाई बुझाएको छ ।

 



सम्बन्धित
Loading...