बेपत्ता भएकी युवती कालिगण्डकी नदी किनारमा मृ`त फेला

पाल्पामा एक युवती घरबाट बेपत्ता भएको झण्डै एक महिना पछि कालिगण्डकी नदी किनारमा मृ`त फेला परेकी छन् ।
जिल्लाको रम्भा गाउँपालिका–३ अमिले बस्ने वीरबहादुर दर्जीकी २२ वर्षीया छोरी अस्मिता दर्जी मृ`त फेला परेकी हुन् ।
उनी गत वैशाख ११ गते विहान करिव १० बजेतिर घरबाट निस्केकी थिइन् । वेपत्ता भएलगत्तै उनका परिवारले प्र`हरीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
शनिवार उनको श`व कालिगण्डकी नदि किनारमा फेला परेको पाल्पाका प्र`हरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
मृ`तकको श`व पो`ष्टमार्टमका लागि रामपुर अस्पतालमा ल्याइएको छ । घ`टनाको अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।